सूचना दिंदा प्रहरी नआएपछि निर्वस्त्र ३ किमि पैदल हिडेर प्रहरी चौकी पुगिन यी महिला

रिता घिसिंग

पिएनपिखबर : चूरू जिल्ला बीदासरका २८ बर्षिय एक महिलाले आफ्नो घरका सदस्यलाई मारपिटको आरोप लगाएकी छन्। महिलाले यसबारे प्रहरीलाई उजुरी पनि दिएका थिईन । प्रहरी पिडित महिलाको उजुरीलाई बेवास्था गरेपछि महिला ३ किमी टाढा रहेको प्रहरी चौकी निर्वस्त्र गईन। उनि ४५ मिनेट सम्म निर्वस्त्र हिडेपछि भिडभाड भएको थियो।

प्रहरीले महिलाको उजुरीलाई गम्भीर रुपमा नलिएको पिडितले आरोप लगाएका छन्। प्रहरीले महिलाको उजुरी अनुसार सासु, जेठ-जेठानी र देवरलाई पक्राउ गरेका छन्। महिलाको भिडियो बनाउने उमाशंकर नाईलाई पनि प्रहरीले पक्राउ गरिसकेका छन्।

आइतबार बिहान यी महिलाको घरका सदस्यसंग झगडा भयो। सोहि क्रममा परिवारका सदस्यले मारपिट गर्नुका साथै लुगा पनि च्यातिदिए। त्यसपछि उनले प्रहरीलाई बोलाए तर प्रहरी आएन। प्रहरीले बेवास्था गरेपछि उनि रुदै रुदै निर्बस्त्र पैदल ३ किमि दुरीमा रहेको प्रहरी चौकी पुगिन। त्यसपछि प्रहरीले चौकीमा रहेको कपडा ल्याएर महिलालाई दिए।

महाराष्ट्रको अकोलाकी यी महिलाकोबिबाह १ बर्ष अघि भएको थियो। पति मजदुरी गर्न शहर गएका छन्। पति नभएको मौका छोपी सासु, जेठानी, जेठ र देवरले उनलाई शोषण गर्ने गर्थे। आफ्नो श्रीमानले पठाएको रकम पनि घरका सदस्यले लिएर आफुलाई कुटपिट गर्ने गरेको उनले आरोप लगाएकी छ्न।

प्रहरीले सुरुमा पारिवारिक घटना भन्दै बेवस्था गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू