सूचना विधेयक नसच्चाए सरकार विरुद्ध आँधीबेरी सिर्जना गर्न बाध्य हुने नेविसंघको चेतावनी

कृष्ण रोकाया

भक्तपुर :  सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले माइतिघर मण्डलामा हिजो (बिहीबार) आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसमा आबद्ध नेपाल विद्यार्थी सघका युवहरुले सूचना प्रविधि विधेयक नेपाली जनता र हरेक नागरिकका विपरीत भएको बताएका छन्।

नेविसंघका युवाहरुले वर्तमान सरकार राजतन्त्र जस्तै आफ़्नो कम्युनिष्टको एकलौटी शासन गर्न खोजेको भन्दै हिजो माइतिघरमा आआफ़्नो मत राखेका छन्। ‘नेपाली जनता अरिंगालको गोला हो अरिंगाललाई धेरै बीचक्यायो भने के हुन्छ ? भन्ने जस्ता प्रश्नहरु युवाहरुले गरेका छन्।

सरकारले नकारात्मक कार्यलाई पनि सकारात्मक कार्य हो भन्नु पर्ने जस्तो अडान लिएको र एउटा कथाकारले कथा लेख्न खोज्दा जेल नै हाल्न खोज्ने भन्दै अभिव्यक्ति दिएका थिए । एक अर्का युवाले भने, ‘ठिकलाई ठिक र बेठिकलाई बेठिक भनेर सामाजिक संजालमा लेख्दा पनि ५ वर्ष जेल वा १५ लाख जरिवाना अथवा दुवै हुनसक्ने यो विधेक नेपाली जनताकालागी ठिक छैन’

जनताको नैसर्गित अधिकार मौलिक अधिरलाई समेत कुन्ठित गर्ने खोज्नेका विरुद्ध अब सम्पूर्ण नागरिकले एक जुट हुनुपर्ने युवाहरुले जनाए। त्यस्तै, उनीहरुले विधेयक नसच्चाएमा नेपाल विद्यार्थी सघले सरकारका विरुद्ध आँधीबेरी सिर्जना गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्।

हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू