सेनामा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिनमा

शर्मिला गुरुङ

काठमाडौं, २२ वैशाख  : नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ। अहिले परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा जवान र अधिकृतको एसएलसी/एसईई प्रमाणपत्र छानबिन भइरहेको छ । यसपछि सैन्य कर्मचारीको एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने तयारी जंगीअड्डाको छ ।

छानबिनका लागि जंगीअड्डाबाट प्रमाणपत्र आइरहेको पनिकाले जनाएको छ । पनिकाले एसईई (यसअघि एसएलसी) को प्रमाणपत्र मात्र प्रमाणीकरण गर्छ । जंगीअड्डाबाट प्रमाणपत्र प्रमाणीकरणका लागि अनुरोध पठाएको यो पहिलोपटक हो । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार विशेष छानबिनका लागि भन्दै सेनाले अनुरोधपत्रसहित प्रमाणपत्र पठाइरहेको छ । पछिल्लो समय एकैपटकमा सयौं थान प्रमाणपत्र पनिकामा आइरहेको छ ।

सेनाको पत्रमा जंगी अड्डाको लोगो र छाप पनि हुन्छ । तर फरकफरक गुल्म, गण र टुकडीमा कार्यरत सैनिकको प्रमाणपत्र छुट्टाछुट्टै आउँछन् । अधिकारीका अनुसार कतिपय भने व्यक्तिगत रूपमै आउने गरेका छन् । उनले भने, ‘कहिले जवान आफैं आउँछन् । कहिले एकैजनाले पनि दर्जनौं प्रमाणपत्र ल्याउने गरेका छन् ।’ याे समाचार सूर्यप्रसाद पाण्डेले अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया