‘सेन्टी भाइरस’ को अमेरिका राइट्स सबैभन्दा महँगोमा बिक्री

admin

काठमाण्डौ: अमेरिकी कम्पनीहरु फुजन इन्टरनेसनल ,प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सले धुर्मुस–सुन्तलीको प्रस्तुतिमा तयार भएको सिनेमा ‘सेन्टी भाइरस’को अमेरिकी राइट्स किनेका छन ।

सिनेमाको सम्पूर्ण विदेश राइट्स किनेको नेप्सीने अमेरिकाका प्रमुख रायन रेज को भनाइ अनुसार यो फिल्मको अमेरिकी बिदेश राइट्स अहिलेसम्मकै भन्दा बढि हो फुजन इन्टरनेसनल,प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सका क्रमस सरद युवराज सिंह ,अर्जुन सुबेदी र अर्जुन जंग कुँवरका भनाइमा’जनस्तर निर्माण भैरहेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’निर्माण अभियानका लागि बनेको धुर्मुस सुन्तलीको चलचित्र ” सेन्टी भाइरस ” संग जोडिन पाउदा हामीले आफुलाई अत्यन्तै भाग्यमानी ठानेका छौ।

यो एउटा सामाजिक अभियानमा हाम्रो टिमले पनि फाइदा नहेरी यस चलचित्रलाई अमेरिकाको प्रदर्शनको अधिकार लिएका छौ ।अमेरिकाको विभिन्न शहरहरुमा यही फेब्रुअरी २५ बाट यो चलचित्र प्रदर्शनमा आउदैछ । तपाइको अमुल्य समय दिएर यो चलचित्र हेर्न पक्कैपनि नजिकैको सिनेमाघरमा आउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौ ।

आउनुस यो अभियानमा तपाईहरु पनि हातेमालो गर्दै एक भै जुटौ ।हामीलाई सम्पर्क गर्नको लागि पोस्टरमा भएका जुनै नुम्बेर मा सम्पर्क गर्न सक्नुहुनेछ ‘। २ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् ।

चलचित्रको फनफनी बोलको गीत र ट्रेलर लाइ दर्शकले रुचाएका छन् ।चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रको मुनाफाको ५० प्रतिशत रकम क्रिकेट रंगशाला निर्माणमा खर्च गरिने यसको निर्माणपक्षले बताइसकेको छ ।

प्रतिक्रिया