सैन्य ‘कू’ विरोध : अहिलेसम्मकै ठूलो प्रदर्शन म्यानमारमा

admin

एजेन्सी, ११ फागुन : म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा हजारौँ मानिसहरु सहभागी भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आन्दोलनलाई सशक्त बनाउन सोमबार आह्वान गरिएको आमहड्तालपछि व्यवसाय बन्द गरि श्रमिकहरु पनि सडकमा उत्रिएका छन् ।

जारी प्रदर्शनका क्रममा शनिबार मात्र प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । त्यसपछि आन्दोलनलाई सशक्त बनाउन आमहड्तालको आह्वान गरिएको हो । सरकारी र निजी क्षेत्रका केही कर्मचारीले काम छोडेर यसअघि नै नागरिक अवज्ञा थालिसकेका बीबीसीले जनाएको छ ।

म्यानमारको सेनाले भने प्रदर्शनमा उत्रिए जे पनि हुन सक्ने चेतावनी दिएको थियो । तर, सेनाको चेतावनीको अवज्ञा गर्दै प्रदर्शनकारीहरु प्रदर्शनमा लागेका हुन् । यसअघि प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको थियो ।

गएको फेब्रुअरी १ मा सेनाले सत्ता ह’त्याएपछि म्यानमारमा विरोधका कार्यक्रमहरु भइरहेका छन् । प्रदर्शनकारीहरुले नेतृ आङ सान सुकीको जननिर्वाचित सरकारको पूनर्बहाली र सूचीलगायत पक्राउ परेका नेताहरुको रिहाइको माग गरेका छन् । चुनाव धाँधली भएकाले फेरि चुनाव गर्नुपर्ने सेनाले बताउँदै आएको छ ।

प्रतिक्रिया