“सैलुङ पोङ्दी” लिएर आए मंगोलियन हर्टका राजु लामा

शर्मिला गुरुङ

काठमाडौँ, १ फागुन  :  नेपालको चर्चित सांगीतिक समुह ‘मंगोलियन हर्ट’का गायक राजु लामाको नयाँ गीत “सैलुङ पोङ्दी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। हस्त लामा ‘हार्दिक’को शब्द र बिशाल कल्तन संगीत रहेको गीतको म्युजिकमा राजु लामा आफैले अभिनय गरेका छन भने उनलाई मिना तामाङले साथ दिएकी छिन । छेवाङ लामाको निर्देशनमा बनेको “सैलुङ पोङ्दी”को म्युजिक भिडियोमा दाजु भाई कम्पनीको छायाँकन र बिजेश पौडेलको सम्पादन रहेको छ भिडियोलाई कर्मा धुन्डुप योन्जनले निर्माण गरेका हुन ।

‘मंगोलियन हर्ट’ अहिले आफ्नो २५ बर्षको रजत जयन्ती मनाउन स्वदेश तथा बिदेशमा आफ्नो प्रस्तुतिमा ब्यस्त रहेको र रजत जयन्ती को अवसरमा २५ ठाउँमा गरिने सांगीतिक कन्सर्ट मध्य अहिले सम्म १२ वटा सकिसकेको र बाँकि १३ वटा प्रस्तुतिहरु छिट्टैनै तय गरिने मेनेजर बबि लामाले जानकारी दिनुभयो।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया