सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

admin

काठमाडौं, माघ ५ : काठमाडौंको रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आ’गलागी भएको छ । अन्डरग्राउण्ड सहित १५ तल्लाको अपार्टमेन्टमा आ’गलागी भए पनि कुनै मानवीय क्षति भने भएन ।

जुद्ध वारूण यन्त्र काठमाडौं, ललितपुर तथा भक्तपुरको दमकल पुगेर आ’गलागी नियन्त्रणमा लिएको थियो । महानगरीय प्र’हरी वृत्त, कालिमाटीका डिएसपी अपिलराज बोहराले बिजुली सर्ट हुँदा आ’गलागी भएको बताउनुभयो ।

उहाँले अपार्टमेन्टको तेस्रो तल्लादेखि तेहैं तल्लासम्म क्षति पुगेको जानकारी दिनुभयो । आ’गलागी पछि अपार्टमेन्टमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याइएको थियो भने चार वटा एम्बुलेन्स समेत घ’टनास्थल पुगेको थियो । आ’गो नियन्त्रणका लागि हेलिकप्टर बोलाइए तापनि प्रयोग भने भएन ।

प्रतिक्रिया