स्कुल भ्यानले ठक्कर दिँदा डेढ वर्षीया बालिकाको ज्यान गयो

admin

दाङ : दाङ लमहीकाे गोरखा बोर्डिङ स्कुलको भ्यानले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ । गोरखा समूहद्धारा सञ्चालित बोर्डिङ स्कुलको रा १ क १०२८ भ्यानले ठक्कर दिँदा उनकाे घटनास्थलमै ज्यान गएको हाे ।

ज्यान गुमाउनेमा लमही नगरपालिका वडा नम्बर-६, देउपुरकी डेढ वर्षीया सखिना खातुन रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

सडकमा खेलिरहेकी बालिका भ्यान आएपछि विद्यालयबाट फर्किएका आफ्ना दाईतर्फ जाँदै गर्दा भ्यान अघि बढेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । 

गाडी चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रम्ख प्रज्वल थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया