स्टेज क्विन भुमिकाको आफ्ना स्रोतालाई कोशेली ”बुट्टा भरेको”

पिएनपि खबर

काठमाडौं, असार २०

स्टेज क्विन नामले परिचित लोकदोहारी गायिका भुमिका गिरी र टीका सानुको स्वरमा तिज कोशेली ”बुट्टा भरेको”सार्वजनिक भएको छ ।

”बुट्टा भरेको
नढाटि भन त ओए सान्नानी
कति परेको ”

स्टेज क्विन भुमिका गिरीको आफ्ना स्रोताको कोशेली हो ।

कसरी तयार भयो गीत ? 
अघिल्लो वर्ष व्यस्तताले तीज गीतमा काम गर्ने अवसर पाएको थिएन यो वर्ष काम गरेको छु । उनी भन्छिन;” व्यस्तता धेरै थियो स्टेज कार्यक्रमहरूमा दौडिनुपर्ने मलाई १ महिना जति फुर्सदमा बस्न पाए हुन्थ्यो भन्ने लागेको थियो यो अहिले जुर्यो तर आर्थिक आउने बाटो भने शुन्य भयो । हामी कलाकारले बाच्ने आधार भनेकै स्टेज हो स्टेज कार्यक्रम नहुँदा अलिक गाह्रो त पक्कै पनि भएको छ तर हामी संकटको घडीमा छौ अहिले घरमा बस्दा स्टेजमा नाचेको,गाएको एकदमै मिस गरिरहेको छु । स्रोताको लागि तिजको कोशेली पस्केको छु । सबैजनाले मन पराउनुहुनेछ भन्ने आशा लिएको छु ।

 

टीका सानू बहिनी र मैले गाएका छौ सुरुमा गीत तयार भयो तपाईले सुनीसक्नुभएको छ गीतमा दिदीबहिनीको कथा छ । बहिनीमा कस्ले गाउने भन्ने थियो यस गीतका गीतकार शरद पाण्डे दाइले टीका सानुसँग सहकार्य गरौं भनेर सुझाउनु भयो । टीका बहिनी पनि दाङकै फेरि टीका बहिनीको स्वर मलाई मन पर्थ्यो त्यसकारण पनि सहकार्य गरेका छौ । भिडीयो त पक्कै पनि गीतको शब्द र भाव अनुसार तयार भएको हो ।


तर,

भुमिकालाई डर पक्कै थियो र तिज गीत तयार भयो तर स्रोताले रूचाउछन कि नाई । यसैपनि हामी कोरोनाको संकटमा गुज्रिरहेको अवस्थामा छौ । तिज गीत भनेपछि अलिकति नाच्ने नै गर्नुपर्यो तर जब गीत युट्बमा सार्वजनिक भएपश्चात दर्शकले रूचाए । भुमिका भन्छिन् ; ”म आफुले भ्याएसम्म सबै प्रतिक्रिया पढे, हाम्रो काम कस्तो लाग्यो भनेर सजिलै प्रतिक्रिया दिन मिल्छ तर अहिले सम्मका सबै प्रतिक्रिया सकारात्मक छ एकदमै हौसला मिलेको छ । ”

भुमिकाको आफ्नो स्रोतालाई आग्रह छ ”अहिलेको परिस्थिति सहज छैन मेरा सम्पुर्ण स्रोता सुरक्षित बस्नुहोला । ”


भुमिका गिरी र टीका सानुको स्वरमा ”बुट्टा भरेको” बोलको गीत सार्वजनिक भएको छ । शरद पाण्डेको शब्द एंव अर्जुन सापकोटाको संगीत रहेको छ ।
राजकुमार मगरको निर्देशन र सम्पादनमा तयार भएको गीतमा सागर गौतमको छाँयाकन रहेको छ । अमर सुनारको नृत्य निर्देशन छ ।
रुविना अधिकारी,आरुषी मगर,अस्मिता पुरी,रविना भण्डारीलाई फिचर्ड गरिएको छ ।

प्रतिक्रिया