स्थगित भयो माओवादी केन्द्रको बैठक

admin

काठमाडौं, ६ बैशाख : नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ । सोमबर दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकारले (आज) सोमबारदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको उनले जानकारी दिए ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग शीर्ष नेतृत्वको छलफलपछि सम्भवतः मंगलबार स्थायी समिति बैठक बस्ने उनले बताए । समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न माओवादी केन्द्रले सोमबार स्थायी कमिटी बैठक बोलाएको थियो ।

प्रतिक्रिया