स्पोर्टस अवार्डमा गोल्डस्टारले साथ दिने

रिता घिसिंग

जेष्ठ २६,काठमाडौँ : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलमार्फत विशेष योगदान पु¥याउने खेलाडीलाई सम्मान गर्न गोल्डस्टार जुत्ताले रु ११ लाख सहयोग गर्ने भएको छ ।

पल्सर स्पोर्टस् अवार्डका लागि किरण शुु म्यानुफ्याक्चरको उत्पादन गोल्डस्टार जुत्ताले सो सहयोग गर्ने भएको हो । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने उक्त अवार्डलाई आठ लाख नगदसहित ११ लाख बराबरको सह प्रायोजना गर्ने विषयमा आज यहाँ आयोजित कार्यक्रममा किरण सु म्यानुफ्याक्चरकी निर्देशक विदुषी राणा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।



त्यस्तै विभिन्न विधामका मनोनयनमा परेका खेलाडी र विजेतालाई गोल्डस्टार उत्पादकले आफ्ना उत्पादन सामग्री सहितको गिफ्ट ह्याम्परसमेत उपलब्ध गराउने छन् ।

आगामी असार १७ गते हुने अन्तर्राष्ट्रिय खेलकूद पत्रकार दिवसका अवसरमा प्रदान गरीने १६ औँ संस्करणको उक्त स्पोर्ट्स अवार्डमा यसपटक विभिन्न १० विधालाई समावेश गरिएको छ ।

जसअन्तर्गत पिपल्स च्वाइस, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवावर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर तथा इन्टरनेशनल एशियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।

वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले समान एक÷एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेता खेलाडीले जनही रु ५० हजार प्राप्त गर्नेछन् । रासस

प्रतिक्रिया