स्याओमीले नेपाली बजारमा पहिलोपटक ल्यायो रेडमी नोट-६ प्रो, यस्ता छन् विशेषता

मनिषा थापा

स्याओमीले पहिलोपटक नेपाली बजारमा क्वाड क्यामेरा सहितको रेडमी नोट सिक्स प्रो भित्राएको छ । रेडमी नोट फाइभ एआलाई परिस्कृत गरी अपग्रेड गरी रेडमी नोट सिक्स प्रो नेपाली बजारमा आएको हो ।

यसमा १९ः९ नट्च सहितको डिस्प्ले, डुुअल सेल्फी क्यामेरा र थप सुधारिएको रियर क्यामेरा सेटअप छ । रेडमी नोट सिक्स प्रो, क्वालकोम स्न्यापड्रागनले आधुनिक तवरबाट डिजाइन गरिएको स्मार्टफोन हो ।

जसमा ६३६ अक्टाकोर प्रोसेसर, एआई पावर्ड क्वाड क्यामेरा सेटअप सहित दुई दिनसम्म चल्ने ४ हजार एमएएच ब्याटरी प्रयोग गरिएकोछ । यसमा उच्च गतिमा चल्ने एलपिडीडीआरफोरएक्स र्याम प्रयोग भएको छ ।

रेडमी नोट सिक्स प्रोको अगाडि २० मेगापिक्सेल + २ मेगापिक्सेल एआई क्यामेरा जडित छ । १२ मेगापिक्सेल + ५ मेगापिक्सेल एआई डुअल रियर क्यामेराले कम प्रकाश भएको ठाउँमा समेत सफा तस्वीर लिन सुविधा दिने कम्पनीले जनाएको छ ।

नयाँ र रिफाइन्ड एआई पोट्रेट मोड २.० ले खिचिएको तस्वीरमा डाइनामिक बोक्हे इफेक्ट सहित लाइट टे«ल र स्टुडियो लाइटिङ जस्तै इफेक्ट हाल्न सकिन्छ ।

रेडमी नोट सिक्स प्रोमा १९ः९ एसपेक्ट रेसियो र नट्च सहितको ६.२६ इन्च एफएचडी +आईपीएस डिस्प्ले रहेकोछ भने यसलाई कर्निङ गोरिल्ला ग्लासले सुरक्षा दिएकोछ । ५०० निट ब्राइटनेसले चर्काे घाममा पनि सजिलै स्क्रिन हेरी आफ्नो फोन चलाउन सकिन्छ ।

रेडमी नोट सिक्स प्रोको उत्कृष्ट डिजाइनले यसलाई आकर्षक बनाउनुका साथै यसको हाडब्रिड डुअल सिमस्लटबाट मेमोरी बढाउने सुविधा समेत रहेकोछ ।

रेडमी नोट सिक्स प्रोको हरेक उपभोक्ताले सफ्ट फोन कभर पाउन सक्ने कम्पनीले बताएको छ । रेडमी नोट सिक्स प्रो ३ जीबी + ३२ जीबी र ४ जीबी + ६४ जीबीमा उपलब्ध छ । यसको मुल्य २४ हजार नौ सय ९९ रुपियाँ र २८ हजार नौ सय ९९रुपियाँ रहेकोछ ।

इच्छुक उपभोक्ताहरुले यही मंसिर १९ गतेदेखि लेक ब्ल्यु र ग्राफाइट ब्ल्याक गरी दुई कलरमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । रेडमी नोट सिक्स प्रोका मुख्य विशेषताहरुः
१) ६.२६ इन्च नट्च सहितको डिस्प्ले
२) २२८० ह १०८० रेजुलुसन (एफएचडी+)
३) कर्निङ्ग गोरिल्ला ग्लास
४) १२ मेगापिक्सेल + ५ मेगापिक्सेल डुअल रियर क्यामेरा
५) एफ-१.९ एपेरेचर
६) १.४ माइक्रोमिटर पिक्सेल
७) बोक्हे, लाइट टे«ल र स्टुडियो लाइटिङ्ग इफेक्ट सहितको एआई पोट्रट
८) २० मेगापिक्सेल + २ मेगापिक्सेल डुअल फ्रन्ट क्यामेरा
९) सुपर पिक्सेल १०) लाइभ प्रिभिउ सहितको एआई पोट्रेट
११) क्वालकम स्न्यापड्रागन ६३६ अक्टा–कोर प्रोसेसर
१२) ३ जीबी + ३२ जीबी र ४जीबी + ६४जीबीमा उपलब्ध

प्रतिक्रिया