स्याङ्जाको गैराखोलामा भलिबल प्रतियोगिता हुँदै

admin
  • खगेन्द्र हमाल

विगतको वर्ष जस्तै यस वर्ष पनि प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि स्याङ्जाको हरिनास गाउपालिका वडा नं ६ क्याक्मी गैराखोलामा साविकको वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेभएको छ।यसका साथै विविध सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ ।

भलिबल खेल को उदघाटन स्याङ्जा जिल्ला कै कान्छा सरकार प्रमुख तथा हरिनास गाउँपालिका अध्यक्ष श्री खिम नरायण मानन्धर बाट हुने भएको छ भने समापन वडा नं ६ का वडा अध्यक्ष नर बहादुर थापा बाट हुने कुरा भलिबल खेल समयोजक सागर मानन्धर ले जानकारी दिनु भयो ।

यहि फागुन ७ गतेदेखि सुरु हुने उक्त खेल ११ गते सम्म जारी रहने छ।टिम दर्ता ६ गतेसम्म मात्र हुने छ । प्रथम ,द्धितिय,र तृतीय हुने खेलाडी ले क्रमशः ३५०००,२५०००,१५००० साथमा सिल मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । जिल्ला भन्दा बाहिर बाट अाउने खेलाडी को लागि खाने बस्ने को व्यवस्था रहेको छ ।भलिबल खेलाडीले अाफ्नो साथमा नागरिता वा जन्म दर्ताको को प्रमाणपत्र हुनुपर्ने र इन्टर फ्रि ३५०० रहेको कुरा मानन्धरले जानकारी दिनु भयो

प्रतिक्रिया