स्याङ्जा गैराखोलामा भलिबल प्रतियोगिता सम्पन्न

admin
  • खगेन्द्र हमाल

स्याङ्जा : प्रजातन्त्र दिवसको अवसर पारि श्री जनजागरण समूह हरिनास ६ गैराखोला द्धारा आयोजित साविक को वडा स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हरिनास गाउँपालिका ७ का अध्यक्ष केश माया थापा जासिकाको प्रमुख आथितिमा सम्पन्न भएको छ।

कार्यक्रमको औँपचारिक उदघाटन ब्यानर बाचन प्रमुख अथिति केश माया थापाले गर्नुभएको थियो। प्रमुख अथिति केश माया थापा, विशिष्ट अथिति डुम नरायण मानन्धर ,अथिति मा क्षेत्रिय एम्पाएर सुरेश आले ,अरुण आले समाज सेवी सम नरायण मानन्धर ,तिल बहादुर थापा गोबिन्द मानन्धर लगायत सयौको संख्यामा उपस्थित बिचमा उक्त प्रतियोगिता अाज सम्पन्न भएको छ ।कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुको स्मरणमा १ मिनेट मौन धारण गरेर राष्ट्रिय गान सहित सन्चालन भएको थियो । फौनरायण मानन्धरको स्वागत मन्तव्य सगै सन्चालन भएको कार्यक्रममा हरिनास गा प ७ का वडा अध्यक्ष आफ्नो धारणा परस्तुत राखेका थिए ।

कार्यक्रम बोल्दै अध्यक्ष ले भन्नू भयो गाउँ गाउँमा सिहदरबार भन्ने मुल नाराका साथ हामी अगाडि बढिरहेका छौ ।फागुन २० गतेदेखि हुन गइरहेको अध्यक्ष कप भलिबल प्रतियोगिता त्यसको लागि जनजागरण समुहले राखेको भलिबल प्रतियोगिता ले पनि खेलाडी छनोट गर्ने मौका मिलेको जानकारी गराउनु भयो । हामी विकासको काममा कत्ति पनि कन्जुसाइ गर्ने छैनौ हामी जनप्रतिनिधि यो क्षेत्रको तीब्र विकास निर्माण काम गर्दै जान्छौं ।

हाम्रो काम कहाँ के कति भइरहेको छ जनताले पनि अवलोकन गरि हाम्रा कमिकमजोरी औँल्याइदिनु होला भन्नू भयो। कार्यक्रम मा बोल्दै भन्नुभयो हामी विस्तारै विकास मा अगाडि बढी रहेका छौ आमा समुहको भवन निर्माण , युवा हरुको लागि खेल मैदानको साथमा छेउमा तार जाली कृषि को लागि कुलो निर्माण हुँदै अहिले सडक निर्माण तिर गइरहेको जानकारी दिनु भयो ।


कार्यक्रममा बोल्दै प्रथम द्धितिय र तृतीय हुने खेलाडीलाई धन्यवाद दिदै हामी यही ग्राउन्ड बाटै भोलि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी बन्न सक्छौ खेलाडी भाइ हरु अझ प्रगति गरेर अगाडि बढ्न शुभकामना दिनु भयो फागुन ७ गतेदेखि ११ सम्म हुने भनिएको खेल आकासे पानीको कारण १२ गते मात्र समापन भएको थियोे भने समापनको दिन उपस्थित दर्शकहरुलाइ समुहले नाच देखाएर रमाइलो गराएका थिए ।

भलिबल खेलमा प्रथम घुर्लिचौर, द्धितिय आयोजक ,तृतीय दार्सिङ् क्रमशः ३५०००/-२५०००/-१५०००/- सिल मेडल र प्रमाणपत्र हात पारेका थिए भने मुख्य क्षेत्रिय एम्पाएरमा सुरेश आलेले भुमिका निभाएका थिए भने साईडमा अरुण आलेले निभाएका थिए ।

प्रथम पुरस्कार हरिनास गाउँ पालिका का अध्यक्ष खिम नरायण मानन्धर आफ्नो व्यक्ति गत तर्फबाट द्धितिय पुरस्कार कुवेत बाट गैराखोलाका युवा भाइ हरुले र तृतीय पुरस्कार उदय मानन्धर हाल मकाउ बाट गर्नुभएको थियो स्वागत मन्तव्यमा बोल्दै समुहको कोषाध्यक्ष फौ नरायण मानन्धरले भन्नुभयो यस लाई हामी निरन्तरता दिनुपर्छ जति पनि देश बिदेश मा रहेर हामीलाई सहयोग गर्नुभयो सबैलाई धन्यवाद दिन चहान्छु भन्नू भयो कार्यक्रम सन्चालन बसन्ती मानन्धरले गरेका थिए।

प्रतिक्रिया