स्रोत नखुलेको नौ लाखसहित भारतीय युवक पक्राउ

admin

जलेश्वर, १७ मङ्सिर : महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नजिकै आज सशस्त्र प्र ह री बल बोर्डर आउटपोष्ट मटिहानीले स्रोत नखुलेको रु नौ लाखसहित एक भारतीय युवकलाई प क्रा उ गरेको छ ।

प क्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत–१ बस्ने २४ वर्षीय अभिनव पूर्वे रहेको सशस्त्र प्र ह री बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीले जनाएको छ ।

नम्बर नखुलेको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेको युवक अभिनवलाई सीमामा खटिएका सशस्त्र प्र ह रीले शङ्का लागि जाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रु नौ लाख बरामद भएको थियो ।

पाँच सय र १००० का नोट मिलाएर जम्मा रु नौ लाखसहित प क्रा उ गरिएको अभिनवलाई आवश्यक अनुसन्धानका लागि सशस्त्र प्र ह री बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीमा ल्याइएको छ ।

प्रतिक्रिया