स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न तरुन दलको माग

पिएनपि खबर

काठमाडौं, ८ भदौ : नेपाल तरुण दलले एक प्रेस विज्ञप्ती जारी गर्दै पछिल्लो समय कोरोना भाईरसको त्रासको बावजुत पनि अग्रपंक्तीमा रही काम गरिरहेका स्वास्थ्यकर्मी लगायत प्रति दुर्व्यवहार र अपहेलना भएको प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यस्तै त्यस किसिमको अमानवीय व्यवहार जोसुकैले पनि गर्छ भने त्यस्तालाई कारवाहीको दायरामा ल्याउन समेत सम्बन्धित पक्ष संग तरुण दलले माग गरेको छ ।


त्यसै गरि यस्तो विषम परिस्थितिमा समाजको अग्रपंक्तीमा रहि जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति नेपाल तरुण दल केन्द्रिय समिति उच्च सम्मान प्रकट गरेको छ । साथै समाजको अग्रपंक्तीमा रहि जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायतलाई सरकार र नेपाली जनता सबै मिलेर उच्च मनोबल र हौसला समेत प्रदान गर्न नेपाल तरुण दलले अनुरोध गरेको छ ।
यस्तै तरुण दल केन्द्रिय समितिले देशको विभिन्न ठाउमा निषेधाज्ञा जारी भएको कारण सबैजना घर भित्रै बसेर आफुलाई सुरक्षित राख्नको लागि समेत अनुरोध गरेको छ । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतको हस्ताक्षर रहेको विज्ञप्तीमा यस्तो लेखिएको छ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारी नेपालमा पनि दिनानुदिन बढीरहेको छ ।

पछिल्लो समयमा समुदाय स्तरमा नै फैलिएको हो कि भन्ने आशंका पनि गरिएको छ र यसैलाई मध्यनजर गर्द केही दिन देखि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । यस्तो विषम परिस्थितिमा समाजको अग्रपंङतीमा रहि जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति नेपाल तरुण दल केन्द्रिय समिति उच्च सम्मान प्रकट गर्दछ । साथसाथै विगत केहि दिन देखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगाएत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदाय प्रति हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमण प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस कारवाहीको दायरामा ल्याउन र अग्रपंङतीमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ।

प्रतिक्रिया