स्वास्थ्य सामग्री खरिदकामा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

admin

काठमाडौं, १ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीका बेला आवश्यक सामाग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

कोभिड–१९ महामारीका कारण उत्पन्न सं स्वास्थ्य सामग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी कट समाधानका लागि शनिबार बालुवाटारमा सरोकारवाला निकायसंगको छलफलका क्रममा उहाले सामाग्री खरिदका क्रममा भ्रष्टाचारको कुरा उठेको भन्दै भ्रष्टाचार गर्ने कसैलाई पनि नछाडिने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अक्सिजन आयातको सवै व्यवस्था मिलाउन र नेपालमा पनि उत्पादनका साथै सहज बितरण गर्न निर्देशन दिनुभयो । उहाले सावधानि नअपनाएका कारण नै नेपालमा दोश्रो चरणको कोरोना महामारी फैलिएको धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओली कोरोना महामारी न्युनिकरण र नियन्त्रणका लागि सरकार गम्भीर रहेको यसमा सवै सरोकारवालाहरुको सहभागीता आवश्यक रहेको जिकिर गर्नुभयो । उहाले सरकारी संयन्त्रबीच नै कोर्डिनेशनको अभाव देखिएको र यसको प्रभाव कोरोना उपचारमा देखिएको उल्लेख गर्नुभयो । उहाले कोरोना रोकथाममा गरेका सरकारी प्रयासलाई नकारात्मक रुपमा टिप्पणी र भ्रम नछर्न आग्रह गर्नुभयो ।

सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित रहेको उहाको भनाई छ । छलफलमा सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहित सहभागी थिए । उनीहरुले कोरोना नियन्त्रण र उपचारका लागि सुझाव पनि दिएका छिन् । सुझावका आधारमा सरकारले अझ प्रभावकारी कार्ययोजना अघि बढाउने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रतिक्रिया