हङकङको लगातार दोस्रो जीत

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २० फागुन :एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा हङकङले थाइल्याण्डलाई पराजित गरेको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आज भएको खेलमा आयोजक थाइल्याण्डलाई आठ विकेटले पराजित गर्दै हङकङले लगातार दोस्रो जीत हात पारेको हो । यसअघि हङकङले आफ्नो पहिलो खेलमा नेपाललाई ४३ रनले पराजित गरेको थियो ।

थाइल्याण्डले दिएको ७८ रनको लक्ष्य हङकङले ७ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । हङकङका लागि निजाकट खानले सर्वाधिक ३६ रनको योगदान दिँदा किन्चित साहले अविजित १९ तथा जेम्स जोन्सले अविजित ११ रन जोड्नुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७७ रन बनाएको थियो ।

उसका लागि जिउल हकले २३ रन जोड्दा डानिल जाकोब्सले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो हङ्क जोड्न सक्नुभएन । बलिङतर्फ हङकङका किन्चित साह, अफ्ताब हुसेन र इशान खानले २÷२ विकेट लिनुभयो । जितसँगै २ खेलमा ४ अङ्क जोडेको हङकङले शीर्ष दुईमा रहँदै एशिया कप छनोटको सम्भावना बलियो बनाएको छ ।

यता पराजित थाइल्याण्डको भने यो लगातार तेस्रो हार हो । यसअघि थाइल्याण्ड सिङ्गापुरसँग ४३ रनले पराजित भएको थियो भने मलेसियासँग ८ विकेटल परातिज भएको थियो । प्रतियोगितामा नेपालसहित मलेसिया, आयोजक थाइल्याण्ड, सिङ्गापुर र हङकङले प्रतिस्पर्धा गरिरहेका छन् ।

राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् । सोही प्रतियोगिताअन्र्गत बुधबार दुई खेल हुनेछ । जसमा नेपालले थाइल्याण्डसँग खेल्नेछ भने हङकङले सिङ्गापुरको सामना गर्नेछ ।

प्रतिक्रिया