ह’तिया’रसहित नेपाल प्रवेश गरेका भारतीयलाई गो’ली हा’नी नियन्त्रणमा लिइयो

admin

बारा, ५ कात्तिक : अवैध ह’तियारसहित नेपाल प्रवेश गरेका एक भारतीयलाई बारा प्र’हरीले गो’ली हा’नी नियन्त्रणमा लिएको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ स्थित सीमा क्षेत्रबाट मोतिहारी जिल्ला पूर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहालाई नियन्त्रणमा लिइएको बंकुलस्थित प्र’हरी चौकी कचोर्वाले जनाएको छ ।

प्र’हरी हवल्दार छोटेलाल प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल आउन लागेका कुशवाहामाथि शं’का लागि रोक्न खोज्दा प्रह’रीमाथि नै गो’ली चलाएर भाग्न खोजेपछि फायरिङ गरी नियन्त्रणमा लिनुपरेको प्र’हरीले जनाएको छ ।

प्र’हरीको गो’ली लागि कुशवाहाको दायाँ पाखुरामा चो’ट लागेको छ । कुशवाहाले भाग्ने क्रममा चलाएको गो’ली भने प्र’हरीलाई नलागेको प्र’हरी चौकी कचोर्वा बाराका प्र’हरी हवल्दार नरसिंह नारायण यादवले बताए । यादवका अनुसार प्र’हरीले उनको साथबाट एक थान पेस्तोलसहित पाँच राउण्ड गो’ली बरामद गरेको छ ।

प्रतिक्रिया