ह’तियारसहित विप्लव समूहका जिल्ला ईन्चार्ज पक्राउ

admin

काठमाडौं, ८ माघ : नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हा’तह’तियारसहित पक्राउ परेका छन् । मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक बुधबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए । लामो समयदेखि प्रतिवन्धित नेकपा विप्लव समूहमा आवद्ध रहेका उनी मोरङ जिल्ला ईन्चार्ज हुन् ।

उनको साथबाट प्रहरीले अटोमेटिक पे’स्तोल एक थान, म्याग्जिनमा लोड गरेको अवस्थामा 7.65 लेखिएको गो’ली ३ थान, सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरेको छ ।

प्रहरी अनुसन्धानमा उनी २०७७ मंसिर २३ गते मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं १ बर्खे बस्ने राजेन्द्र श्रेष्ठको ह’त्याको आरोपी समेत रहेको खुलेको डिएसपी राईले बताए ।

प्रतिक्रिया