हत्कडीसहित थुनाबाट युवक फरार

राष्ट्रिय समाचार समिति

कैलाली, २५ असार : कैलालीमा ह’त्याको आरोपमा प’क्राउ परेका एक अभियुक्त हत्कडीसहित फ’रार भएका छन् ।

आफ्नै ७५ वर्षीया हजुरआमा पार्वतीदेवी ऐरको ह’त्या गरेको आरोपमा बुधबार पक्राउ परेका चुरे गाउँपालिका–६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर गएराति हत्कडीसहित थुनाबाट फरार भएको जिल्ला प्र’हरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

इलाका प्र’हरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने क्रममा हत्कडीसहित फरार भएको र उनको खोजीका लागि प्र’हरी टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।

फलामको रड र धारिलो ह’तियार (दाउ) प्र’हार गरी ऐरले मङ्गलबार हजुरआमाको ह’त्या गरेको बताइएको छ ।

प्रतिक्रिया