ह’त्या आरोपमा चार प’क्राउ

राष्ट्रिय समाचार समिति

तुलसीपुर, १८ जेठ: दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ९ निवासी मन्दीप भुजको ह’त्याको आरोपमा प्रहरीले आज चार जनालाई प’क्राउ गरेको छ ।

ह’त्या आरोपमा अर्घाखाँची घर भई हाल तुलसीपुर ६, कपडादेवी निवासी २३ वर्षीय सौरभ पोखरेल, ५ निवासी २३ वर्षीय अजय बुढाथोकी र २० वर्षीय आशिष नेपाली तथा १८ निवासी २१ वर्षीय ओमबहादुर सार्कीलाई प’क्राउ गरिएको इलाका प्र’हरी कार्यालय तुलसीपुरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

शुक्रबार राति सामान्य विवादपछि भुजको ह’त्या गरेको आरोपमा उनीहरुलाई प’क्राउ गरिएको इलाका प्र’हरी कार्यालय तुलसीपुरका प्र’हरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताउनुभयो ।

अभियुक्तलाई जिल्ला अदालत दाङबाट १० दिन म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान बढाइएको छ । तुलसीपुर –५ स्थित ज्ञानज्योति प्राथमिक विद्यालयको पछाडि श’व फेला पारेको थियो ।

प्रतिक्रिया