‘हनिट्रयाप’ मा पारेर ५० लाख रुपैयाँ माग्ने तीन महिला पक्राउ

admin

दाङ, ३ असाेज :  पुरुषहरूलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाँको बारर्गेनिङ गर्ने तीन जना महिलालाई प्र हरीले प क्राउ गरेको छ। जिल्ला प्रह री कार्यालय दाङले पक्राउ परेका महिलालाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो।

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान खाेज्दा हातपात गरेको भन्दै महिलाले जवरजस्ती करणीको मुद्दा हाल्छु भनेर धम्काएकाे खुलेकाे प्रह रीले जनाएकाे छ।

५० लाख रुपैयाँ नदिए जवरजस्ती करणीकाे मुद्दा हाल्ने धम्की दिने महिलालाई पक्रा उ गरेको जिल्ला प्रह री कार्यालय दाङका प्रह री प्रमुख एव एसपी सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार पक्रा उ पर्नेमा घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीय सितादेवी थापा, सोही ठाउँकी ३५ वर्षीया खुमा वली र ३२ वर्षीय सुष्मा परियार रहेका छन्।

पक्रा उ परेकामध्ये थापा र वलीले पुरुषलाई फोन गरी मेरो घरायसी विषयको मुद्दा छ, तपाई कानुन जानेको मान्छे भनि घोराही–१५ मा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख काफ्लेले जानकारी दिए।

‘रेष्टुरेन्टमा आएपछि बियर, मासु खाएछन्। ती पुरुषलाई तथानाम गाली गलौज गर्दै महिलाको इज्जतमाथि हात हाल्ने भन्दै जवरजस्ती करणीको मुद्दा हाल्ने धम्की दिएर निस्किए। त्यसपछि फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाई छिटो कुरा मिलाउनु पर्‍यो नत्र प्रहरीमा उजुरी हाल्छौ भनी डर त्रास देखाए’ काफ्लेले भने, ‘५० लाख रुपैयाँ मागेका थिए, अन्त्यमा एक लाख रुपैयाँ नगद र १७ लाख रुपैयाँकाे सिभिल बैंकको चेकमा जवरजस्ती दस्तखत गराएर लिएका थिए।’ पक्रा उ परेका महिलाहरूमाथि थप अनुसन्धान भइरहेको समेत प्रह रीले जनाएको छ।

प्रतिक्रिया