हराएको ६ दिनपछि मृत अवस्थामा फेला परिन्, हलिउड अभिनेत्री रिवेरा

अस्मिता बेल्बासे

एजेन्सी, ३० असार : गत बुधबार बेपत्ता भएकी अमेरिकी गायिका तथा चर्चित सिरिज ‘ग्ली’ की अभिनेत्री नाया रिवेरा सोमबार दक्षिणी क्यालिफोर्निया तालमा मृत अवस्थामा फेला परेकी छिन् ।

दक्षिण क्यालिफोर्निया रहेको पेरु तालमा बेपत्ता भएकी ३३ वर्षीया नाया रिवेरा ६ दिनपछि मृत अवस्थामा फेलको अन्तरास्ट्रिय मिडियाले जनाएको छ ।

बच्चासँग डुङमा बोटिङमा बेपत्ता भएकी रिवेराको बच्चा तीन घण्टापछि फेला परेको बताइएको छ । उनी हलिउड गायिका तथा मोडलको रुपमा परिचित रहेकी छिन् । २००९ देखि फक्स टिभीमा सान्ताना लोपज नामक शोमा काम गरेक उनीको निधनको खबरले हलिउड शोकको डुबेको छ ।

विगत ६ दिनदेखि अभिनेत्री रिवेराको खोजीमा संलग्न सेरिफ अफिसले भेटिएको शव अभिनेत्रीकै भएको पुष्टि गरेको हो । नायाको शव भेटिएको राष्ट्रिय-अन्तराष्ट्रिय मिडियासँगै ट्विटरमा उनलाई श्रद्धाञ्जलि दिनेको ओइरो लागेको छ ।

अभिनेत्री रिवेराले सानै उमेरदेखि अभिनय यात्रा सुरु गरेकी थिइन् । क्यालिफोर्नियाको शान्ता कलारितामा जन्मिएकी उनी ४ वर्षको उमेरमै सिरिज ‘द फ्रेस प्रिन्स अफ बेल-इयर, फ्यामिली म्याटर र द बर्नी म्याकमा देखिएकी थिइन् । तर, उनलाई राष्ट्रिय ख्याती ‘ग्ली’ मा निभाएको लेस्वियन किशोरीको भूमिकाले दियो । ‘ग्ली’ २००९ देखि २०१५ सम्म फक्समा प्रसारण भएको थियो ।

किशोरावस्थामा ‘इटिङ डिस्अडर’ सँग लडिरहेकी उनको यसकै कारण स्तन प्रत्यारोपन गर्नुपरेको थियो । ‘ग्ली’ मा अभिनय गर्नुअघि उनले होटलदेखि जिम लगायत धेरै ठाउँमा काम गरेकी थिइन् । ‘ग्ली’ को दोस्रो सिजनदेखि सफलता र चर्चामा तानिएकी उनले यसको सफलताबाट चलचित्रमा काम गर्ने मौका पाइन् ।

उनले सन् २०१४ मा चलचित्र ‘द डेभिल्स डोर’ मा डेब्यु गर्ने मौका पाइन् । यसअघि उनले सन् २०१३ मा ‘सरी’ गीतमा पनि र्‍यापर बिग सिनसँगै गाउने मौका पनि पाइन् । उनले अभिनेता रेयन डोर्सेसँग सन् २०१४ मा विवाह गरेकी थिइन् । भने सन् २०१५ मा छोरा जोसे जन्मिएका थिए ।

प्रतिक्रिया