हरेक दिन १० वर्षमुनिका एक जना बालिकामाथि ब’लात्कार

admin

काठमाडौं, माघ ६ : नेपाल प्र’हरीका अनुसार प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक जना बालिकाहरु ब’लात्कारको सिकार बन्ने गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि मंसिरबीचको पाँच महिनामा मात्रै १० वर्ष मुनिका १ सय ३४ बालिका र एक बालक ब’लात्कारको सिकार भएका छन् ।

यही अवधिमा ११ देखि १६ वर्षका ४ सय २८ बालिकाहरु ब’लात्कारको सिकार बनेको तथ्यांक छ । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो पाँच महिनामा १० वर्ष उमरमुनिका ३० बालिका ब’लात्कृत भएका छन् ।

यो तथ्यांक यो अवधिमा प्रदेश १ बाहेकका अन्य ५ प्रदेशको तुलनामा सबैभन्दा उच्च हो । यही अवधिमा लुम्बिनी प्रदेशमा ११ देखि १६ वर्ष उमेर समूहका ५८ बालिका ब’लात्कृत भएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया