हरे भगवान !!! पानी सम्म खान नहुने कस्तो रोग लाग्यो [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। निरमाया तामाङको दुई वटा नै मृगौला फेल भएको छ। डेढ वर्ष अघि देखि उनले डायालेसीस गर्दै आएकी छिन्। अहिले उनको स्वास्थ्य अवस्था झन् झन् नाजुक हुँदै गएको छ।

प्रेसर हाई भनेर उपचार गराउदा गराउदै उनलाई मृगौला फेल भएको पत्ता लागेको थियो। जोरपाटी स्थित मेडिकल अस्पतालमा उपचार गराउदा उनले आफुलाई मृगौला फेल भएको थाहा पईन्। टिचिंग अस्पतालमा गएपछि उनको मृगौला फेल नै भएको हो भनेर पुष्टी भयो।

पानी जम्ने, हात खुट्टा फुल्ने जस्ता समस्या देखिए पछि उनको डायालेसीस गर्नु पर्ने हुन्छ। हप्ताको दुई पटक उनले डायालेसीस गर्नै पर्छ। डायालेसीस गरेपछि मृगौलामा जमेको पानी निकालिन्छ। त्यसैले डायालेसीस गरेपछि भने उनलाई केहि मात्रामा सन्चो महसुस हुन्छ।

हप्ताको दुई पटक डायालेसीस अनि औषधि खर्च साथै उपचार खर्च जुटाउन समेत उनलाई धौ धौ परेको छ। घरको आर्थिक अवस्था निकै कम्जोर भएकोले उनको उपचार खर्च जुटाउन मुस्किल भइरहेको हो।

स्वास्थ्य अवस्था ठिक हुँदा सम्म उनी ज्याला मजदुरी गरेर जिविको पार्जन गर्थिन्। बिरामी परे देखि उनले केहि काम गर्न समेत सकेकी छैनन्। अहिले सम्म कोठा भाडामा बस्ने बहिनीहरुले सहयोग गरिरहेका छन्।

पुर्खौली सम्पति पनि उनले आफ्नै उपचारको लागि बेचिसकेकी छिन्। अब उनको आश पनि केहि छैन। उनलाई सहयोग गर्ने पनि बहिनी बाहेक अरु कोहि छैनन्। बहिनि पनि कोठा भाडामा बस्छिन्। ज्याला मजदुरी गर्छिन्। कतिन्जेल सहयोग गर्लिन भन्दै उनले गुनासो गरिन्।

कसैले सहयोग गरे उनलाई मृगौला प्रत्यारोपण गर्न मन छ। डाक्टरको सल्लाह अनुसार दुईवटा नै मृगौला बिग्रेकोले एकदम चाडो भन्दा चाडो फेर्न आवश्यक छ। अब उनलाई बाचुन्जेल डायालेसीस गर्नु पर्ने भएको छ।

तपाईहरुको सानो सहयोगले निरमायाको जीवन बचाउन सकिन्छ। त्यसैले उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन हामी पिएनपिखबर परिवार विनम्र अनुरोध गर्दछौ।

हामी मार्फत सहयोग गर्न चाहेमा :

शर्मिला गुरुङ : ९८८०३९६४५२
मनोज खड्का : ९८६०३०१४९०
पिएनपि मिडिया : ९८५१०१८०६३

प्रतिक्रिया

सम्बन्धित समाचारहरू