हलिउडकी सुपर स्टार डोरिस डेको निधन

मनिषा थापा

एजेन्सी : हलिउडकी लेजेण्ड अभिनेत्री एवम् गायिका डोरिस डेको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनलाई हलिउडकी सर्वकालीन भव्य स्टारका रुपमा लिने गरिन्छ ।

गायिका हुँदै अभिनेत्री बनेकी डोरिसले क्लामेटी जेन तथा पिलो टक सहितका चलचित्रमा अभिनय गरेकी छन् । उनले गायका मध्ये सन् १९५६ मा रिलिज भएको ‘ह्वाटएभर विल बी, विल बी’ बोलको गीत सर्वकालीन चर्चित छ ।

रक हड्सनसँगको उनको अन–स्क्रिन जोडीलाई रोमान्निटक चलचत्रिको इतिहासमा सबैभन्दा रुचाइएको जोडीका रुपमा लिने गरिन्छ ।

डोरिस डे एनिमल फाउन्डेशनले एक वक्तव्य जारी गरेर सोमबार क्यालिफोनिर्याको कारमेल भ्याली स्थित घरमा उनको निधन भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू