हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ ? जान्नुहोस कारण…

मनिषा थापा

एजेन्सी : हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ ? इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका थिए। साइन्स जर्नल बिएमजे केस रिपोर्टका अनुसार जब हाच्छिउँ रोक्ने कोसिस गरिन्छ, यसबाट तपाईंको कानमार यसका साथै मस्तिष्कको नसा फाट्न पनि सक्छ।

३४ वर्षीय पीडितले आफूले हाच्छिउँ रोकेपछि गर्धनमा केही समस्या देखिएको बताएका छन्। त्यस लगत्तै गर्धनमा निकै पीडा महसुस भयो र खानेकुरा निल्न समस्या हुन थाल्यो र बोल्न समेत गाह्रो भइरहेको थियो। जब डाक्टरहरुले उनको परीक्षण गरे, उनको गर्धनको भाग सुन्निएको पत्ता लाग्यो। ती युवकको एक्स(रे गर्दा हाच्छिउँ रोक्ने कोसिसको क्रममा दबावका कारण श्वासनलीका कोशिकाहरु फाटेको देखियो। उनको उपचार भएको ठाउँ लेस्टर रोयल इन्फर्मरीको नाक, कान, घाँटी विभागका डाक्टरले बताए, नाक र मुख बन्द गरेर हाच्छिउँ गर्नु खतरनाक हुन सक्छ र यसबाट बच्नु जरुरी छ।

हाच्छिउँ का केहि रोचक तथ्यहरु १। हाच्छिउँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्छ। २। हाच्छिउँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ। ३। हाच्छिउँ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुनस्फुर्ति ल्याँउछ। ४। धुवा, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउँको कारण बन्न सक्छ।

करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ। ५। नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ। ६।हाच्छिउँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ । ७। हाच्छिउँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ । डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ।

प्रतिक्रिया