हामीले एक अर्काबीच दूरी कायम गर्न सके मात्र संक्रमण रोक्न सकिन्छ : जोस भ्याण्डेलर

admin

काठमाडौं, १९ साउन : सरकारले पछिल्लो समय लकडाउन हटाएपछि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ । संक्रमण कम गर्न एक अर्काबीच दुरी कायम गर्नु सबैभन्दा महत्त्वपूर्ण रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड-१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपिल गरेका छन् ।

खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा संक्रमण भइरहेको र एक अर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले अपिल गरेका हुन् ।

उनले कम्तीमा एक मिटरको दुरी कायम गरेर क्रियाकलाप गर्न आग्रह गरे । त्यस्तै मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न अपिल गरेका छन् ।

उनले भने, ‘कोभिड एक प्रकारको रोग हो, यसले हामी सबैलाई असर गरेको छ । कोभिडको भाइरस हामीले खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा संक्रमण भइरहेको छ । यो रोग संक्रामक भए पनि जोगिनका लागि सजिलो उपायहरु छन् । हामीले एक अर्काबीच दुरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्छौँ ।’

‘कम्तीमा एक मिटरको दुरी कायम गर्न सक्यौँ भने मात्र पनि जोगिन सकिन्छ । हामी आफै संक्रमित भए अरुलाई पनि संक्रमण गराउन सक्छौँ । तर हामीले व्यवहारमा एक अर्काबीच दुरी कायम गर्न सके संक्रमण हुने झिनो सम्भावना मात्र हुन्छ । त्यसैले एक अर्काबीच दुरी बनाउनु धेरै महत्त्वपूर्ण छ ।’

यसै क्रममा थप्दै उनी भन्छन्, ‘हामीले दूरी कायम गर्न सकेमा संक्रमण रोक्न, लकडाउन हुन नदिन, संक्रमण समुदायमा फैलनबाट रोक्न सकिन्छ । हाम्रो भौतिक दूरी संक्रमण रोक्ने एक अचुक कडी हो । यस्तै मास्कको प्रयोग अर्को सरल उपाय हो । यसले पनि संक्रमित व्यक्तिको सम्पर्कमा आइहालेमा रोक्न मद्दत गर्दछ । यस्तै अर्को सरल उपाय नियमित हात धुने पनि हो । हामीले दुरी कायम गर्न सके कसैलाई छुन पर्दैन । यसैले मेरो सबै नेपाली दाजु भाइलाई विनम्र अनुरोध छ दुरी बढाऔँ संक्रमितबाट जोगिऔँ । धन्यवाद ।’

प्रतिक्रिया