हाँस्यकलाकार राजपाल यादवलाई तीन महिना जेल सजाय

मनिषा थापा

एजेन्सी  :  चेक बाउन्सको मामलामा बलिउड अभिनेता राजपाल यादवलाई तीन महिनाको जेल सजाय सुनाइएको छ । यादवलाई दिल्ली हाइकोर्टले तीन महिनाको सजाय सुनाएको हो ।

ट्रायल कोर्टको अगाडि एक सम्झौताको रकम दिन यादव असफल भएपछि उनलाई जेल सजाय सुनाइएको हो । सन् २०१० मा राजपालले एक व्यक्तिबाट ५ करोड ऋण लिएका थिए । तर समयमै रकम नबुझाएपछि ऋण दिएका व्यक्ति अदालतको शरणमा पुगेका थिए ।

अदालतमा यसै वर्ष राजपालले १० करोड ४० लाख रुपैंयाँ फिर्ता गर्ने सम्झौता भएको थियो । तर राजपालले समयमै रकम नतिरेपछि उनी जेल जानुपर्ने भएको हो । इन्दौर निवासी सुरेन्द्र सिंहबाट राजपालले निजी कामका लागि भन्दै पैसा ऋणमा लिएका थिए । यो पैसा फिर्ताका लागि एक्सिस बैंक मुम्बईको एक चेक सुरेन्द्रलाई राजपालले दिएका थिए । तर त्यही चेक बाउन्स भएको थियो ।

चेक बाउन्स भएपछि सुरेन्द्रले वकिलमार्फत राजपालसमक्ष बाउन्सको सूचना पठाएका थिए । तर राजपालले कुनै सुनुवाई नगरेपछि सुरेन्द्र न्यायका लागि अदालत पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू