हिउँदे विदामा हामी – प्रकाश स्पर्श

पूजा बानियाँ

हिउँदे विदामा हामी

हिउँदे याम

तिम्रो आनकान

तैपनि

मेरै करले तिमी

स्वीजरल्यान्डबाट सबै त्यागेर

जन्मभूमी आउँदाको मेरो उमङ्ग

र मिलनको मिठास उस्तै र म त्यसै दङ्ग

तिमी सिधै

नेपाल एयरलायन्सको बोइङ ७४७ विमानबाट

टिङ्कर भन्ज्याङ अन्तराष्ट्रिय विमानस्थलमा

ओर्लन्छौ,

त्यहाँबाट,

सराङकोट क्यावेल कार हब हुँदै

नगरकोटको अर्को क्यावेल कार हबमा हामी,

र कुनै गोन्डोलामा तिमी र म

सगरमाथा नजिकको पर्यटक स्थल

कालापथ्थरतिर

तिम्रो र मेरो

रोमान्चक यात्राको आरम्भ

तल अनि वरिपरि

देखिँदै गरेका

प्रकृति छताछुल्ल पोखिएका


र,

मानव वस्तीका विकसित

सुन्दर अनि दु्र्लभ दृ्श्यहरुले

उद्वेलित हुँदै गर्दा

तिमी मेरा आँखा नजिकै तिम्रा आँखा ल्याइ

मन्द मुस्कुराउँदै सोध्छौ:

प्रीय, मलाई यति नै सुन्दर माया गर है?

कालापथ्थरको आधुनिक सुपर स्टोरमा

तिमीले इच्छित युरोपमा भन्दा ब्रान्डेड्

सामानहरु किनमेल गरेर

विश्वबाट आएका

पयर्टकका हुलसँगै घुमघामपछि

पर छेउमा रहेको

कुनै एउटा रिसोर्टमा बसेर

सगरमाथाको विशाल छातीमा

चिया सुरुप सुरुप पिउँदै

त्यो वरिपरिको चाँदीकुन्ड जस्तै

कन्चन मुस्कानले

मलाई जलप लगाउँदै गर्दा

यसो सोध्छौ :

प्रीय, मलाई यस्तै छातीको आड देऊ है ?

अर्को दिन

ओलाङ्चुङगोला अन्तरिक्ष केन्द्रबाट

‘कन्चनजङ्गा’ अन्तरिक्ष यान प्रक्षेपण

गरेको दृ्श्य हेरिसकेपछि,

संसारकै लामो क्यावेल कार नेटवर्कमा शयर गरी

मध्यपश्चिम पुगेर

हजार मेघावाटको

विश्वकै ठुलो

कर्णाली जलविद्युत आयोजनाको

जलाशयको छेउमा बसेर

खुट्टाले कन्चन पानी चलाउँदै गर्दा

तिमी मेरो हात समाइ सोध्छौ :

प्रीय, मलाई यति नै माया गर है ?


त्यसपछि

प्रणयको बन्धनमा मस्त

कमलको फुल रसमा

फसेका कीराको आभाष भइरहँदा

र, मेची महाकालीको

बुलेट ट्रेनको यात्रा चल्दै गर्दा

टेलिभिजनको स्क्रिनमा

विश्वमा सबैभन्दा बिकसित सुरक्षित सुन्दर

र, उत्कृष्ट पूर्वाधारले भरिपूर्ण देश

नेपालको

डकुमेन्ट्री बीबीसीमा प्रसारण भइरहँदा

अनि,

सयौँ पर्यटकले त्यसको मज्जा लिइरहँदा

तिमी छातीमा ढल्केर सोध्छौ :

प्रीय, मलाई नेपाल जस्तै माया गर है ?

प्रतिक्रिया