हिउँले पुरीएको अबस्थामा दुई युवकको शब फेला

admin

सिन्धुपाल्चोक : लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि बेपत्ता दुई युवकको शब हिउँले पुरीएको अबस्थामा फेला परेको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल लामा र काठमाडौ जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अबस्थामा भेटिएका हुन् ।

उद्धारकर्ता लालबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले नुवाकोट घ्याङफेदीबाट यही माघ ३ गते शुक्रबारदेखि हराइरहेका उनीहरुलाई आज मृत्त अबस्थामा फेला पारेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबिन्द्र सिँह तामाङले जानकारी दिनुभयो ।

उद्धारकर्मीको समूहले घोप्टेफेदीको खोँच स्थित हिउँमा पुरिएको अबस्थामा ४० मिटरको फरकमा ती दुई व्यक्तिको शव फेला पारेको थियो । मृतक दुबै राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन् ।

गोसाईँकुण्ड घुमेर हेलम्बु फर्कँदै गर्दा बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ उनीहरुको खोजिकार्य तिब्र पारीएको थियो । हराएका युवकको खोजीको लागि माघ ६ गते सोमबार नुवाकोट जिल्लाको घोप्टेफेदीमा हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष निमा ग्यालजेन शेर्पा सहितको उद्धार टोलि सो क्षेत्रमा पुगेको थियो ।

प्रतिक्रिया