हिजो साँढे ६४ हजारमा कारोबार भएको सुनको मूल्य आज कति ?

शर्मिला गुरुङ

काठमाडौं, १८ जेठ : साताको चौंथो दिन अर्थात् बुधबार आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। हिजो स्थिर रहेको सुनचाँदीको भाउ आज हल्का उकालो लागेको हो। हिजो प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै गरी आज तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेका छ। आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया