हिजो स्थिर रहेको सुनको भाउ आज ह्वात्तै घट्यो, कति पुग्यो तोलाको ?

शर्मिला गुरुङ

काठमाडौं, १६ जेठ  : साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा हिजो स्थिर रहेको सुनको भाउ आज ओरालो लागेको छ । हिजो प्रतितोला ६५ हजारमा कारोबार भएको छापावाल सुन आज ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै गरी हिजो ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। ।

आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया