हिजो ह्वात्तै घटेको सुनको मूल्य आज भने बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ७ असार : सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य सोमबार तोलाको चार सय रुपैयाँले बढेर ९० हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

(हिजो) आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुन प्रतितोला ९० हजार रुपैंयामा कारोबार भएको थियो । महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य समेत बढेर ८९ हजार ९५० रुपैयाँ कायम भएको छ । यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया