हिड्ने मान्छे लड्छ : दुर्गेश थापा 

मनिषा थापा

पिएनपिखबर : चर्चित गायक तथा मोडल दुर्गेश थापाले अवार्ड हात पारेका छन्। उनले नेपालकै सबै भन्दा धेरै लाइक भएको अनलाइन पत्रिका ओएस नेपालको अवार्ड हात पारेका हुन्। उनलाई केहि दिन अघि मात्रै उनको नयाँ तिहार गीत विवादित बन्यो। 

विवादित मात्र बनेन सामजिक आस्थामा ठेश पुगेको भन्दै प्रहरीले पक्राउ ‘गरेको थियो। पक्राउ पछि उनले आफ्नो नयाँ गीत ‘ह्यापी तिहार चिसो वियर युट्युब च्यानलबाट हटाएका थिए। पछि उनले सुधार गर्दै  री अपलोड गरेका छन्। 

आफ्नै कारण फसेको बताउँदै उनले भने, ‘हिड्ने मान्छे लड्छ, मलाई पनि त्यस्तै भयो। जानाजान गरेको हैन हिम्मत नहारी राम्रो संदेशमूलक गीतहरु लिएर आउनेछु।’ बौलाह भाग २ बाट अवार्ड जितेका दुर्गेश थापाले आफुलाई खुशी बनाएको बताए। उनको यो १७ औ अवार्ड हो। बाँकी हेर्नुहोस भिडीयोमा।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू