हिमालयन अन्तराष्ट्रिय म्युजिक अवार्ड २०१९’ कतारमा भव्यताका साथ सम्पन्न

admin

दोहा, ७ फागुन : ‘हिमालयन अन्तराष्ट्रिय म्युजिक अवार्ड–२०१९’ कतारको दोहामा भव्यताका साथ सम्पन्न भएको छ । जनसवाल राष्ट्रिय दैनिक र हिमालयन इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा कतारको दोहास्थित वेस्ट्रन प्लस होटेलमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो । कतारका लागि नेपाली राजदूत प्राडा रमेश प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राजदूत कोइरालाले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान प्रदान गरेका थिए । कार्यक्रममा सम्मानित भएका व्यक्तित्वहरुमा राजेन्द्र कुमार (आर.के) शर्मा (मध्यपुर्व संयोजक, गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद), राज रेग्मी (समाजसेवी तथा व्यवसायी, प्रबन्ध निर्देशक फिदीयाज प्रोजेक्ट्स एण्ड कन्स्ट्रक्सन डब्ल्यू.एल.एल. कतार), महेन्द्र चम्लागाई (अध्यक्ष, नेपाली व्यवसायी संघ कतार एवं प्रबन्ध निर्देशक, उडल्याण्ड कन्ट्रयाक्टीङ्ग एण्ड जनरल सर्भिसेज डब्ल्यू.एल.एल), रमेश भट्ट (प्रबन्ध निर्देशक युनिभर्सल जनरल कन्टयाक्ट्रिङ डब्लु.एल.एल. र समाजसेवी तथा युवा व्यवसायी) उमेश अधिकारी( पुर्व मध्यपुर्व डिआरसी एनआरएनए, सचिव नेपाली व्यवसायी संघ, कतार, प्रबन्ध निर्देशक प्रिस्मटिक सोलुसन कतार डब्लु.एल.एल), अब्दुल वासिद(समाजसेवी तथा युवा व्यवसायी (प्रबन्ध निर्देशक अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ डब्ल्यू.एल.एल), दीपक लामिछान (कतारलाई कर्मभुमि बनाईरहेका समाजसेवी), डा. देवकाजी डंगोल (संस्थापक उपाध्यक्ष, गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद, समाजसेवी तथा युवा व्यवसायी) चानक पोखरेल (अध्यक्ष, प्रवासी नेपाली मञ्च कतार तथा प्रस्तावित प्रवासी नेपाली एकता मन्च संयोजक कतार) सरिता गुरुङ(महिला संयोजक, गैर आवासीय नेपाली संघ (एनआरएनए) कतार तथा युवा व्यवसायी), नारायण भण्डारी (युवा सह–संयोजक, गैर आवासीय नेपाली संघ (एनआरएनए) कतार तथा कतारमा युवा व्यवसायी), करिम बक्स मियाँ (नेपाल पत्रकार महासंघ कतार शाखाको अध्यक्ष), अर्जुन खनाल (प्रवासमा रहेर पनि समाजसेवी तथा युवा व्यवसायी) श्रीकृष्ण भट्टराई (समाजसेवी तथा युवा व्यवसायी) खग बहादुर खत्री (यासिन मामा) (विश्व साईकल यात्री), पिर महम्मद( समाजसेवी तथा व्यवसायी (प्रबन्ध निर्देशक, अल मजलिस परफ्र्यूम),पूर्ण बहादुर,सुशील तामांग,सन्जिब रानाभाटलगायत रहेका छन ।

कार्यक्रममा नेपालबाट आएका दुइ दर्जन कलाकारले विभिन्न विधामा अवार्ड प्राप्त गरे. कार्यक्रममा कलाकारहरुले आ आफ्नो प्रस्तुति पनि दिएका थिए । अवार्ड कार्यक्रममा नबिन पौडेल, रन्जित परियार, अमृत खाती, स्मृति गौतम, निरु पराजुली ,एलिना रायमाझी,अमृता श्रीपाल, सरस्वती लामा, भूमिका गिरी, शोभा त्रिपाठी, दावा फिन्जो लामा,धर्मराज पोखरेल, चन्द्र बहादुर राईलगायत कलाकारले विभिन्न विधाका अवार्ड हात पारेका थिए ।कार्यक्रममा प्रमुख अतिथि राजदूत कोइरालाले कार्यक्रमका सभापति, कार्यक्रम आयोजक तथा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगालेलाई समाजमा उल्लेखनीय योगदान पुर्याएबापत विशेष सम्मान गरेका थिए ।

कार्यक्रममा नेपालका विभिन्न चर्चित कलाकारहरुले प्रस्तुति दिएका थिए । कार्यक्रममा गायक–गायिका नविन पौडेल, भूमिका गिरी, सरस्वती लामा, शोभा त्रिपाठी, राँधा तिवारी, अमृत खत्री, स्मृती गौतम, शान्ति माम्बा तामाङ, रञ्जित परियार, अमृता श्रीपाल, तथा कलाकारहरु मोडल सागर घिसिङ, एलिना रायमाझी, आशा गौतम, मञ्जु लामा, दिनेश लामा, सुस्मिता गिरीलगायतको प्रस्तुति रहेको थियो ।

गीत–सङ्गीतले समाजलाई सकारात्मक परिबर्तन गर्न सहयोग पुग्ने र स्रस्टाको सम्मान गर्न पाउनु गौरवको विषय भएको आयोजकले उल्लेख गरेका छन् ।

प्रतिक्रिया