हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन खुल्ला

admin

काठमाडौँ, मंसिर १० :  वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान गरिएको छ ।

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्डका लागि आवेदन आव्हान गरिएको हो ।

आगामी माघको दोस्रो साता एक विशेष भव्य सामारोहबीच काठमाडौंमा सम्पन्न हुने उक्त अर्वाडका लागि यही मंसिर १० गतेवाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले बताउनुभयो ।

अवार्डमा राष्ट्रिय भावका गीतसँगै पप, चलचित्र गीत, लोकदोहोरी, आधुनिक, बाल गीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको छ । हिमालयन अन्तर्राष्ट्रिय अवार्डका अध्यक्ष गणेश शुवेदीका अनुसार अवार्डमा साहित्य विधातर्फ पनि अवार्ड प्रदान गरिने छ ।

अंग्रेजी क्यालेन्डर अनुसार २०२१ जनवरी १ देखि २०२१ डिसेम्बर ३० सम्म (एक वर्ष भित्रमा) बजारमा आएका उत्कृष्ट कथा, उपन्यास, निवन्ध, र नियात्रालाई अवार्ड प्रदान गरिने छ ।

यस्तै यही अंग्रेजी वर्ष भित्रमा बजारमा आएका गीत तथा भिडियोहरूलाई अवार्डमा समावेश गरिने आयोजक समितिका निर्देशक भीष्मराज फुलाराले वताउनुभयो ।

गीत तथा सिर्जनाहरू दर्ता गर्नको लागि आवेदनको अन्तिम म्याद पौष २५गते सम्मको लागि निर्धारण गरिएको उहाँले जानकारी गराउनुभयो । ‘अवार्ड समारोहमा साहित्यक कृतिसँगै राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरूले सहभागी हुन सक्ने छन्’, उहाँले भन्नुभयो ।

अवार्ड समारोहमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ ।

गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने सङ्गीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया