हिमाली भेगमा आज र भोलि हेलिकप्टर नउडाउन सरकारको अनुरोध

रिता घिसिंग

काठमाण्डौ : सरकारले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको छ । समुद्री चक्रवात फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको हो ।

यस्तै पदयात्रा र हिमाल आरोहणमा निस्किएलाई सुरक्षित स्थानमा बस्न पनि केन्द्रले आग्रह गरेको छ ।

बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावका कारण उपत्यकासहित देशका विभिन्न श्रेत्रमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया