हुर्केर सन्तानले पाल्दछ भनि, नहोला रहर कुन आमाको [कविता]

रिता घिसिंग

पिएनपिखबर:

शरिरमा बग्ने खुन आमाको,,
नभुल चुसेको थुन आमाको,,

समय भन्दानि हजारौं गुणा,
अमुल्य हुन्छ गुण आमाको,,

उसकै कामना सिद्ध हुनेछ,,
जो फेरिदिन्छ उन आमाको,,

अरूलाइ भुलि तिमीलाई मात्र,
हुन्छ हँसाउने धुन आमाको,,

हुर्केर सन्तानले पाल्दछ भनि,,
नहोला रहर कुन आमाको,,

-राज बस्नेत
खोटाङ धारापानी

प्रतिक्रिया