हृदयेन्द्र शाह उच्च शिक्षाका अध्ययनका लागि अमेरिका जाँदै

admin

काठमाडौं, २१ साउन : पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाह उच्च शिक्षाका अध्ययनका लागि अमेरिका जाने भएका छन् । हृदयेन्द्रले रविभवनस्थित लिंकन स्कुलबाट कक्षा १२ पास गरेका थिए । अमेरिका जानका लागि सबै प्रक्रिया पूरा भइसकेको र केही दिनपछि नै उनी अमेरिका जाने निर्मल निवास स्रोतले जनाएको छ ।

हृदयेन्द्रले अमेरिकामा अध्ययन गर्ने विश्वविद्यालयको नाम भने खुलाइएको छैन । हृदयेन्द्रले काठमाडौंको सुरुमा रुपिज इन्टरनेश्नल स्कूल त्यसपछि लिंकन स्कूलमा अध्ययन गरेका हुन् । उनका दुई दिदिहरु पूर्णिका र कीर्तिकाले थाईल्यान्डमा अध्ययन गर्दै आएका छन् ।

पूर्व नवयुवराज समेत रहेका हृदयेन्द्रको जेठ ९ गते कक्षा १२ को पढाई पूरा गरेर अनलाइनबाट दीक्षित भएको फोटो तथा शैक्षिक प्रमाणपत्र फेसबुकमार्फत सार्वजनिक भएको थियो । शैक्षिक प्रमाणपत्रमा उनको नाम हृदयेन्द्र वीरबिक्रम शाह रहेको छ । सन् २००२ मा नारायणहिटी राजदरबारमा जन्मिएका हृदयेन्द्र अहिले १८ वर्षका पुगेका छन् ।

प्रतिक्रिया