हेमाको मुद्दाले शिल्पाको मुद्दा ओजेलमा, यसो भन्छन सर्वोच्चका अधिवक्ता

मनिषा थापा

पिएनपिखबर : कलिउडमा निर्माताका बाघ मानिने छबि ओझा र उनकी श्रीमती शिल्पा पोखरेलको विवाद यति खेर ब्यापक चर्चाको विषय बनेको छ। घरेलु हिँसा गरेको भन्दै छविविरुद्ध असार २२ गते प्रहरी परिसर टेकुमा सुरक्षाका लागि उजुरी दिएकी थिइन्। जसकारण उनीहरुको चर्चा परि चर्चा भयो। उनीहरु दुवैले एक अर्कालाई दोष लगाउदै अन्तर्वार्ताहरु दिएको पनि देखियो।

यसको लगत्तै फेरी यस घटनामा अर्को मोड आएको छ। अहिलेसम्म चुपचाप बसेकी निर्माता छविकी जेठी श्रीमती हेमा ओझाले आफुसँग सम्बन्ध विच्छेद नहुँदै बहुबिबाह गरेको भन्दै छवि र शिल्पाविरुद्ध बहुविवाहको निवेदन अदालतमा पेश गरेकी छिन्। सोहि बमोजीम जिल्ला अदालत काठमाडौंले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरेको छ।

छविले यसैबीच हेमा पछि गीताञ्जली सुनुवार, रेखा थापा र शिल्पा पोखरेलसँग बिहे गरे। गीताञ्जलीको निधन भइसकेको छ भने रेखा थापासँग उनले सम्बन्धविच्छेद गरेका छन्।

छवि ओझाको गृहस्थीलाई लिएर कलाकार, फिल्म निर्देशक, कानुनविद देखि बुद्धिजीवि, समाजसेवी  र सर्वसाधारणले कुनै न कुनै रुपले आफ्नो धारणा व्यक्त गरिरहेका छन्। यद्दपी रेखा थापा भने यस विषयमा अहिलेसम्म मौन नै रहेकी छिन्।

यसै प्रसङ्गमा नेता पुण्य गौतम र अधिवक्ता पूर्ण बहादुर कार्कीसँग गरिएको कुराकानी हेर्नुहोस भिडियोमा….

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू