हेम बिक्रम सिलवालमाथी हातपात, मोर्चाको प्रचार-प्रसार संयोजकबाट राजिनामा

admin

काठमाडौं, १२ असोज : स्वतन्त्र नागरिक समाजका संयोजक हेम बिक्रम सिलवालमाथी हातपात भएको छ ।

संयुक्त युक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले (हिजो) सोमबार भृकुटीमण्डपदेखि बसन्तपुरसम्मको र्‍यालिसहितको सभा कार्यक्रम अघि बढ्दै जाँदा भद्रकाली मन्दिर अगाडि संयोजक सिलवालाई विभिन्न सञ्चारमाध्यमहरुले अन्तरवार्ता लिइरहेको अवस्थामा उक्त मोर्चाको केन्द्रीय सल्लाहकार तथा जन परिचालन संयोजक बताउने राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष दार्चुला घर निवासी बिक्रम बहादुर बमको नेतृत्वमा केही टोलिले बिच सडकमानै हातपात गरिरहेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

उक्त घटनाको प्रमुख जिम्मेवारी मोर्चाका अध्यक्ष तारानाथ लुईटेल लगायतका सबै जिम्मेवार पधादिकारिहरुले लिनुपर्ने र यस घटनाको सत्यतथ्य छानबिन गरी उक्त बिक्रम बहादुर बम लगाएतका समुहलाई पहिचान गरि सार्वजनिक ऐन कानुन अन्तर्गत कडा भन्दा कडा कारबाहीको मागसहित यस्ता किसिमका गतिविधि रोक्न र पुनः यी घटनाका नदोहोरिहुँन् भन्नको निमित्त संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चालाई स्वतन्त्र नागरिक समाजको चेतावनी सहित आग्रह गरेका छन् ।

यस घटनाको सूक्ष्म अध्ययन गरी उक्त बिक्रम बाहादुर बमलाई कारवाही नगरे भविष्यमा हुँनजाने यस्ता खालका गतिविधिलाई प्रशय दिनकैलागि संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा गठन भएको ठहरिने जनाएका छन् । सार्वजनिक कार्यक्रममा कसैमाथि हातपात सहित लछारपसार गरिरहेको भिडियोनै सार्वजनिक भएको हुँदा उक्त समयमा संयोजक सिलवाल पनि उग्र बन्न सक्थ्ये होला ।

तर, पनि यस्ता सार्वजनिक कार्यक्रममा सम्मेमित हुँदै कार्यक्रम जनताको नजरमा सफल पार्नको निमित्त उनले तत्काल कुनै ऐक्शन नलिई आफुलाई सम्हालेका छन् । यदि उक्त समयमा उनी पनि उग्र भइदिएको भए सायद कार्यक्रममा झडप भई कार्यक्रमनै बिथोलिन सक्थ्यो । मोर्चाका केही अन्ने साथिहरुको योजनाबद्ध र सुनोयोजित ढंगले उक्त घटना घटाईएको देखिन्छ ।

तसर्थ स्वतन्त्र नागरिक समाज आजका मितिदेखि यस्ता खाले प्रवृत्ति भएका पात्रद्वारा रचित र गठित नामधारि मोर्चाको कुनै औचित्य नभएको र उक्त मोर्चाले जनआन्दोलन उठान गर्ननसक्ने र हाम्रा ऐजेण्डाहरुलाई स्थापित गर्न नसक्ने ठहर भएको हुँदा उक्त मोर्चाका प्रचार प्रसार विभाग प्रमुख सिलवालद्वारा पद परित्याग गर्दै मोर्चाबाट अलग भएको घोषना गरेका छन् ।

साथै उपरान्त भाबिदिनहरुमा श्री हेम बिक्रम सिलवालको जिऊँधन तलमाथि हुँन गएमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा नै जिम्मेवारी रहनेछ । साथमा उक्त बिक्रम बाहादुर बम लगाएतका भिजलान्ते समुहलाई पहिचान गरि कार्बाहि नगरे हामी कानुनि कार्बाहिमा जान बाध्य हुँनेछौं ।

रसाथमा उक्त अभियुक्तहरुलाई पहिचान गरी कारबाहीे नगरे स्वतन्त्र नागरिक समाज यस्ताखालका गतिविधि पुनः दोहोरिन नदिनका लागि समयसंगै ऐक्सन लिनेछ र तत्पश्चात घटनाक्रमको जिम्मेवार सम्बन्धि मोर्चा र उक्त व्यक्तिहरु स्वमले लिनुपर्ने स्वतन्त्र नागरिक समाजले बातएका छन् । यस घटना प्रति राष्ट्रिय मानवअधिकार आयोग, सुरक्षा निकाए, बुद्धिजीवी पत्रकार जगतमा स्वतन्त्र नागरिक समाज यस घटनाप्रति ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया