हेर्नुहोस् आजको विनिमय दर

रिता घिसिंग

कात्तिक १९, काठमाडौँ : नेपाली बजारमा आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर छ। आइतबार १ रुपैयाँ ६३ पैसाले घटेको अमेरिकी डलरको भाउ आज भने स्थिर रहेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १५ रुपैयाँ ६० पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ २० पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९२ पैसा छ। त्यस्तै आज यूके पाण्डको मूल्य भने घटेको छ। आज एक यूके पाउण्डको खरिददर १४९ रुपैयाँ ९८६ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ ७६ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ७५ पैसा र विक्रिदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ।

प्रतिक्रिया