हेर्नुहोस आजको विनिमय दर

रिता घिसिंग

कात्तिक २०, काठमाडौँ : नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ। सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज १ रुपैयाँ १० पैसाले बढेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १६ रुपैयाँ ७० पैसा छ भने विक्रिदर मूल्य १ सय १७ रुपैयाँ ३० पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ९ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १५१ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर १५२ रुपैयाँ ६० पैसा छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ ५ पैसा र विक्रिदर ३२ रुपैयाँ २१ पैसा रहेको छ।

प्रतिक्रिया