‘पिएचडी होल्डर’ ६१ वर्षिया डा. शान्ति आज आश्रममा जीवन बिताउदै

मनिषा थापा

पिएनपिखबर : मानिसको जीवनको कुनै टुङ्गो हुदैन। ‘समयले मानिसलाई कहाँबाट कहाँ पुर्याउँछ’ भन्ने उदारहण बनेकी छिन् कुपण्डोल निवासी डा. शान्तिप्रिया उपाध्याय। डाक्टर शान्तिप्रिया उपाध्याय विगत एक वर्षदेखि भक्तपुरको मानव कल्याण समाजमा बस्दै आएकी छिन्। कुनै बेला रिसर्चमा पिएचडी गरेर आफ्नै घरमा रिसर्च सेन्टर खोलेकी उनी आज आश्रममा बाँकी जीवन विताउन बाध्य छिन्।

६१ वर्ष पुगेकी उनको बुबाआमा दुवै सरकारी जागिरे थिए। उनले त्रिचन्द्र कलेजबाट केमेस्ट्रीमा स्नातकोत्तर गरेकी थिइन्। जडिबुटीमा उनले फ्रान्सबाट पिएचडी गरेकी हुन्। जडिबुटी अनुसन्धान विभागमा पिएचडी गर्ने एक मात्र कर्मचारी रहेकी उनी आफैं वन मन्त्रालयअन्तर्गत वनस्पति विभागको प्राकृतिक अनुसन्धान शाखामा वरिष्ठ अनुसन्धान अधिकृत अर्थात उपसचिव थिइन्। उनको परिवार खुसी र सम्पन्न थियो। तर दिन पछि कालो रात आउँछ भने झैँ शान्तिको जीवनमा पनि विस्तारै अन्धकार छाउन थाल्यो।

उनको बुबाले कान्छी श्रीमती ल्याए। त्यसपछि उनको र आमाको जीवन निकै कष्टकर बन्यो। बुबाको त्यो कदमले उनलाई उमेर छँदा विवाह गर्न मन लागेन। तर पछि भने आफुलाई विवाह गर्न मन हुँदा हुँदै विवाह गर्न नपाएको उनी गुनासो पोख्छिन। करिब ६ वर्षअघिको कुरा हो। उनी वनस्पति विभागको हलमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्तालाई पढाउने क्रममा उच्च रक्तचापले एक्कासी ढल्न पुगिन्। त्यसपछि उनलाई पक्षघात भयो।

घरमा रिसर्च सेन्टर खोल्ने, देश विदेश घुमेकी छोरी ह्विलचियरको सहारामा बसेको देख्न नसकी उनको आमाको मृत्यु भयो। उनको सहारा भन्नु कोही भएँन। स्थानीयको पहलमा उनलाई सेवा गर्न सुसारे राखिएको थियो तर ती सुसारेले पनि राम्रो हेरविचार नगरेको सेवा घरकी संचालिका सुमित्रा चौलागाईले बताईन।

गत वर्ष कुपण्डोलका स्थानीयलगायत वडा कार्यालयका अधिकारीले शान्तिप्रियालाई उद्दार गर्न मानव कल्याण समाजलाई अनुरोध गरेका थिए। मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाई उनको अबस्था अवलोकन गर्न कुपण्डोलस्थित शान्तिप्रियाको घर पुग्दा उनको अवस्था निकै दयनीय थियो। उनलाई उनको घर शान्तिप्रिया निवास कुपण्डोलबाट ७ महिना अघि मानव कल्याण समाज सेवा गरेर ल्याएको हो।

सुमित्रा चौलागाईको अनुसार, उनलाई शुरुवाती दिनहरु र आजको दिनमा हेर्दा निकै फरक छ। उनको घरमा सुसारेले कपडा समेत् नबदल्ने गरेकी रहिछिन। बाँचिएको ह्विलचियर, अनुहार भरी पसिना, लुगा नै फोहोरले धरै गर्हौ भईसकेको र दुर्गधित अवस्थामा उद्दार गरिएको थियो। अहिले उनको स्वास्थ्यलाई हेरविचार गर्न फिजियो थेरापिस्टको व्यवस्था गरिएको छ। उनी सफा देख्नुको साथै स्वास्थ्यमा पनि सुधार भईरहेको चौलागाई बताउछिन। हामीले कुराकानी गर्दै गर्दा आफुले धेरै अवार्ड, पुरस्कार पनि पाएको सुनाउछिन् उनी। अब जिन्दगीमा केहि गर्न बाँकी नरहेको उनले बताईन।

परिवारले पैसाको लागि आफुलाई मार्न खोजेको पिडा उनले व्यक्त गरिन। परिवार, आफन्तबाट आजित भएकी उनलाई कुनै पनि साइनोले सम्बोधन गरेको मनपर्दैन। आफुलाई म्याडम भनेर बोलाउन उनी आग्रह गर्छिन। उनी जस्ता धेरै बेसहाराहरुको लागि मन्दिर बनेको छ भक्तपुरमा रहेको मानव सेवा आश्रम।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू