हेलिकप्टरले पानी खसालेपछि निभ्याे शिवपुरी–नागार्जुनकाे आगाे

admin

काठमाण्डाै, २९ चैत : शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतवार बिहान ११ बजेदेखि लागेको आगो बेलुकी पाँच बजेतिर नियन्त्रणमा आएको निकुञ्जका प्रमुख लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

डढेलो नियन्त्रणका लागि सिम्रिक एअरको हेलिकप्टरले झण्डै एक दर्जन पटक पानी बोकेर खन्याएको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निकुञ्जका कर्मचारी र स्थानीयवासीको सहयोगमा डढेलो नियन्त्रणमा आएको पौडेलले उज्यालोलाई जानकारी दिनुभयो डढेलोबाट केही वन क्षेत्रमा क्षति पुगे पनि मानवीय र भौतिक संरचनामा भने क्षति हुन नपाएको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया