हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

admin

एजेन्सी : अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दु र्घटनामा परी चार व्यक्तिको मृ त्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार आइतबार दिउसो १ः१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा सो दु र्घटना भएको प्र हरी स्रोतले जानकारी दिएको छ । हेलिकोप्टरमा सवार रहेको चार जना व्यक्तिको नै मृ त्यु भएको प्र हरीले जानकारी दिएको छ ।

दु र्घटनाको कारणबारे अनुसन्धान भइरहेको र प्रत्यक्र्षदर्शीहरुलाई सोधपुछ शुरु गरिएको समाचारमा जनाइएको छ । कोलुसा जिल्ला क्यालिफोर्निया राज्यको केन्द्रमा पर्दछ । यस घ टनाको विस्तृत विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया