हैदराबाद काण्ड : मृतक डाक्टरका बाबुले भने, ‘छोरीको आत्मालाई अब शान्ति मिल्नेछ’

मनिषा थापा

पिएनपिखबर : भारतको हैदराबादमा भेटनरी डाक्टरलाई मार्ने ४ अभियुक्त प्रहरीको मुठभेडमा मारिएका छन्। भारतीय मिडियाका अनुसार अभियुक्तलाई राष्ट्रिय राजमार्ग-४४ मा घटना कसरी घटेको जान्नको लागि ‘रिक्रिएशन’ गर्न घटना घटेकै ठाउँमा लगिएको थियो। त्यसै समयमा अभियुक्तहरु पुलिस हिरासतबाट भाग्न प्रयास गरेपछि प्रहरीले गोली चलायो जसकारण ४ जनाकै मृत्यु भएको हो।

शमशाबादको डीसीपी प्रकाश रेड्डीले भने, ‘‘रिक्रिएशन’को लागि लैजादा उनीहरुले प्रहरीको हतियार खोसेर फ़ाइरिङ्ग गरेको कारण आत्मरक्षाको लागि प्रहरीले गोली चलाउन पर्यो।’

 शुक्रबार विहान ३ देखि ६ बजेको बीचमा ती अभियुक्त मोहम्मद आरिफ, नवीन, शिवा र चेन्नाकेशावुलू शादनगर मारिएको प्रहरीले जानकारी गराएका छन्। प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि पुलिस रिमाण्डमा राखेको थिए।

यसरी भएको थियो घटना
यो घटना मङ्सिर १२ गतेको हो। मोहम्मद आरिफ, शिवा, नवीन, केशवुलू थोंडुपली ओआरआर टोल प्लाजामा रक्सि खाइरहेका थिए। त्यतिनै बेला स्कुटर सँगै मृतक डाक्टर उभिरहेको देखेपछि उनीहरुले दुष्कर्म गर्ने योजना बनाए। उनीहरुले जानेरै महिला डाक्टरको स्कुटर पंक्चर गराए। त्यसपछि मद्दत गर्ने बाहनामा उनलाई सुनसान ठाउँमा लिएर गए जहाँ सामुहिक बलात्कार गरेर हत्या गरे। हत्या गरेपछि पेट्रोल खनाएर शवलाई आगो लगाए। शवको नजिकै पीडितको फोन र घडी पनि लुकाएका थिए ।

घटनापछि महिला डाक्टरमाथि भएको क्रुरताविरुद्ध भारतभर प्रदर्शन भइरहेको थियो । मानिसहरु सडकमा उत्रिएर महिला सुरक्षाका विषयमा प्रश्न उठाइरहेका थिए ।

मृतक डाक्टरका बाबुले प्रहरीलाई इन्काउटर पछि भने, ‘मेरो छोरीको मृत्यु भएको १० दिन भईसक्यो। म यसको लागि प्रहरी र सरकार प्रति आभार व्यक्त गर्छु। अब मेरो छोरीको आत्मालाई शान्ति मिल्नेछ।’ धेरैले यस मुठभेडबाट मृतक डाक्टरको आत्मले शान्ति पाएको र पिडित परिवारले आरोपीको अनुहार अब कहिले देख्न नपर्ने बताएका छन्। – भारतीय सञ्चार माध्यम अमरउजालाबाट अनुवाद

प्रतिक्रिया