होटल मेरियोटबाट पक्राउ परेका उन्नत लोकतन्त्र पार्टीका नेताहरु छुटे

admin

काठमाडौं, ३१ भदाै : एमसीसी उपाध्यक्ष फातिमा जेड सुमारलाई ज्ञापनपत्र बुझाउन उनि बसेको होटल मेरियोटम भित्र पसेका उन्नत लोकतन्त्र पार्टीका महासचिव नेतृत्वको टिम हिरासतबाट छुटेको छ ।

२४ गते राती अमेरिकी राष्ट्रपति जो वाईडेनलाई ज्ञापन पत्र बुझाउन होटलको २ वटा रुम बुक गरी ८ जना उन्नत लोकतन्त्र पार्टीका नेता कार्यकर्ता मेरियोट होटल पसेका थिए ।

उनिहरुले होटल ब्यबस्थापनको माध्यमबाट सुमारलाई भेटी ज्ञापन पत्र बुझाउने तयारी गरेका थिए । तर होटल ब्यबस्थापनले सहयोग नगरे पछि फेसबुक लाईभ गरी आफुहरु ज्ञापनपत्र बुझाउन होटल पसेको जानकारी दिएको थिए ।

त्यसको करिव २ घण्टा पछि सादा पोशाकका प्रहरी कोठाकोठामै पसेर आफुहरुलाई गिरफ्तार गरिएको सो पार्टीका महासचिव कृष्ण प्रसाईले रिहाइ भए पछि जानकारी दिनु भयो ।

आफुहरुलाई होटलको लिफ्ट मार्फट अन्डर ग्राउण्डमा झारी प्रहरीको फरक फरक गाडीमा राखी फरक फरक प्रहरी चौकीमा लगी आतंकित पार्ने काम भएको उहाँको भनाई थियो ।

प्रतिक्रिया